काठमाडौ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढाको प्रयास भएको छ। झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि ढुङ्गामुढाको प्रयास भएको हो।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए।गिरीले भने,‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल बुधबार जाने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बाहिरबाट होहल्ला गर्ने गतिविधि भयो। कार्यक्रम विथोल्न अवाञ्छित गतिविधि भयो। शान्ति भंग गराउने काम भयो।’
गिरीले अध्यक्ष ओली झापाको भद्रपुर एयरपोर्टबाट बुधबारेको कार्यक्रम स्थलमा पुग्नलाग्दा उनीविरुद्ध होहल्ला गर्ने, पार्टी गतिविधि गर्न लाग्दा अवान्छित गतिविधि गर्ने, शान्ति भंग गर्ने गतिविधि भएकोप्रति आपत्ति जनाएका छन्। कार्यक्रमस्थलमा ढुङ्गामुडा गर्ने, कार्यक्रम भाँड्ने कोशिस भएको बताउँदै त्यसमा सत्तापक्षकै कार्यकर्ता घुसपैठ गराइएको दावी समेत गरे । गिरीले भने, ‘प्रतिपक्षमा बसेर अन्यास सहनु पर्ने कारण छैन, प्रतिपक्षलाई लाई जिस्काएर सत्ता पक्षले के गर्न खोजेको हो ?’ उनले सो कार्यक्रममा शान्ति सुरक्षाको व्यवस्था मिलाउने काम सत्ता पक्षको हो कि हैन भन्दै प्रश्न गरे ।ओली पूर्वी जिल्लाका कार्यक्रममा सहभागी हुन बुधबार झापा पुगेका छन्।


