धनगढी। धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले बार्षिक समिक्षा तथा आगामी बर्षको कार्ययोजनाबारे छलफल गरेको छ । धनगढीमा आयोजित कार्यक्रममा पाठशालाले शिक्षक तथा शिक्षिकाहरुको सहभागितामा बिद्यालयको बिगत एक बर्षको समिक्षा र आगामी बर्षको कार्ययोजनाका बारेमा छलफल गरेको हो ।
बिद्यालयले हरेक बर्ष शिक्षक तथा शिक्षिकाहरुको सहभागितामा बार्षिक समिक्षा र आगामी बर्षको कार्ययोजनाका बारेमा छलफल गर्दै आएको छ । कार्यक्रममा पाठशालाका सहभागि शिक्षक तथा शिक्षीकाहरुले पाँच/पाँच मिनेटमा आ-आफुले प्रस्तुतीकरण राखेका थिए । उनीहरुले आफुले बर्षभरीका कार्यप्रगती, अनुभब र भोगाईको दर्शाएका थिए । बिद्यार्थी अभिभावक तथा शिक्षकबिचको सहकार्यता र समन्वयात्मक अवस्थाको बारेमा चर्चा समेत गरेका थिए । साथै नयाँ आएका शिक्षकहरुको परिचयात्मक कार्यक्रम समेत गरिएको थियो ।
बिद्यालयका कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले पाठशाला मार्फत बिगत देखी नै संस्कारसहितको शिक्षालाई जोड दिएको बताएका छन् । बार्षिक समिक्षा तथा आगामी बर्षको कार्ययोजनाले बिद्यालय र बिद्यार्थी, अभिभावक तथा शिक्षकहरु बिच सुमधुर सम्बन्ध कायम रहने र दुबिधा हट्ने बिश्वास ब्यक्त गरेका छन् । यस्ले गर्दा कमीकमजोरीलाई हटाएर पाठशाला थप उचाईमा पुग्ने बिश्वास लिए । पाठशाला जहिले पनी संस्कारसहित शिक्षाको मुल मर्मलाई आत्मसाथ गर्दै आगामी बर्षहरुमा बिद्यार्थी अभिभावक, शिक्षक तथा समाजको सल्लाह, सुझाब अनुसार चल्ने बताए।
यसरी धनगढीको मात्र नभएर जिल्ला प्रदेश हुँदै देशकै नमुना बिद्यालय बनाउने उदेश्य राखेको बताए । पहिला असल ब्यक्ती बन्न असल बिद्यार्थी, असल अभिभावक, असल शिक्षक बन्नुपर्ने बताउँदै तब मात्रै असल समाज र देश बन्ने बताएका छन् । त्यस कारण राम्रो बिद्यार्थी अभिभावक र शिक्षक पाठशाला एकअर्काबिच समन्वय हुनुपर्ने बताए । ति समस्या समाधान गर्न पाठशाला त्यसतर्फ लागीरहेको बताएका छन्। बिगतका अनुभवलाई समेटेर आगामी बर्षमा के कसरी बिद्यालयलाई अगाडी बढाउन सकिन्छ भनेर कार्य योजना बनाइरहेको उनको भनाई छ।
यस्तै पाठशालाका पुर्ब प्रन्सिपल उदय प्रताप सिँहले बिद्यालयले बिभिन्न सेवा सुबिधा दिइरहेको बताउँदै शिक्षक शिक्षीकाहरुको त्याग सर्मपणको आवस्यकता रहेको बताए । शिक्षक शिक्षीकाहरुको बिच समन्वय गर्ने कुरा या बिद्यालयसंग समन्वय गर्ने कुरामा एक जुट भएर लाग्न शिक्षक शिक्षीकालाई सुझाब दिए। त्यसको ग्यारेन्टी आफु पनी लिने र बिद्यालय परिवार तमतयार भएर लाग्ने बिश्वास ब्यक्त गरेका छन्। कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक कटक बहादुर सिँहले गरेका थिए । साथै कार्यक्रममा पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल हरि प्रसाद जोशी, शिक्षक रमेश छेडाल, बिन्दाश बम, हेमा जोशीलगायतको शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।चैतन्य पाठशालामा मन्टेश्वरी देखी कक्षा १० सम्म पढाइ हुँदै आएको छ।



