धनगढी – धनगढीमा मालिकार्जुन दार्चुला सेवा समितिद्वारा एसईई दिएका विद्यार्थीलाई निस्शुल्क करीयर काउन्सिलिङ्ग गरिने भएको छ । बैशाख ९ गतेदेखि समितिको हलमा निस्शुल्क करीयर गाइडेन्स र काउन्सिलिङ्ग सेसन हुने भएको हो ।
उक्त कार्यक्रम मालिकार्जुन दार्चुला सेवा समितिको आयोजना र सीटीईभीटी सुदूरपश्चिम प्रदेशको सहकार्यमा हुन लागेको हो । समितिका अध्यक्ष महेन्द्र पन्तका अनुसार एसईईपछि आफ्नो रुचि, खुबि र क्षमताका आधारमा अध्ययनको विषय छनोट गर्न, प्राविधिक शिक्षाका विभिन्न विषयहरुमा छात्रवृत्ति तथा पूर्ण शुल्कमा अध्ययनका लागि तयारीका कक्षा सञ्चालन हुन लागेको हो । इच्छुक विद्यार्थीले सहभागी हुन आयोजकले आग्रह गरेको छ ।


