दार्चुला। दार्चुलामा बालिका बलात्कारका आरोपित ८ दिनपछि पक्राउ परेका छन् । बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका शैल्यशिखर नगरपालिका–४ काणापारीका ४९ वर्षीय बिसन ठगुन्नालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
१६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेर फरार रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए। आरोपित ठगुन्नाले गाउँकी सुस्तमनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरारपछि पिडीत परिवारले बैशाख १ गते प्रहरीमा उजुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ठगुन्नालाई जिल्ला सदरमुकामको बांगाबगडबाट पक्राउ गरेको थियो। बालिकाको स्वास्थ्य परीक्षण यसअघि नै भएको थियो। प्रहरी निरीक्षक सिंहले आरोपित ठगुन्नाको पनि स्वास्थ्य परीक्षणपछि अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए।

