धनगढी । कैलालीको एक सामुदायिक वनमा भरूवा बन्दुक फेला परेको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरस्थित शिव शंकर सामुदायिक वनमा भरूवा बन्दुक फेला परेको हो।
बिहीबार उक्त सामुदायिक वन भित्र वेवारिसे अवस्थामा एकनाले भरूवा बन्दुक फेला परेको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । सामुदायिक वनमा बन्दुक भेटिएको खबरपछि ईलाका प्रहरी कार्यालय मसुरियाबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले उक्त बन्दुक बरामद गरि थप अनुसन्धान भैरहेको जनाएको छ।


