धनगढी। धनगढी उपमहानगरपालीकामा कक्षा ८ को नतिजाबारे ध्यानाकर्षण भएको छ। धनगढी उपमहानगरपालीकाका १८ विद्यालयका विद्यार्थी कक्षा ८ को परीक्षमा फेल अर्थात् ननग्रेड आएपछि नतिजाबारे ध्यानाकर्षण र चाँसो बढेको छ।
आइतबार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक र १ सस्थागत गरी १८ विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको धनगढी उपमहानगरले जनाएको छ । सो बिषयमा उपमहानगरपालीकाले आइतबार सार्वजनिक गरेको कक्षा ८ को वार्षिक परिक्षाको प्रारम्भिक प्रतिवेदनका सन्दर्भमा छलफल गरिएको छ। सो बिषयमा नेकपा (एमाले) को कैलाली जिल्ला कमिटीको टोलीले अनुगमन गरेको छ।
सोमवार एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीसहितको टिमले उपमहानगरको अनुगमन गर्दै मेयर र उपमेयरसँग छलफल गरेको हो । सोही नतिजाको विषयमा उपमहानगरभित्र देखिएको न्यून नतिजाको जिम्मेवारी नगरपालिका र सम्बन्धित जिम्मेवार व्यक्तिहरुले लिनुपर्ने जोशीले बताए। यस्तै उक्त नतिजा र शैक्षिक क्षेत्रको गम्भीर समीक्षा गरेर सुधारका लागि पहल गर्नुपर्ने बताए। नगरप्रमुख गोपाल हमालले भने यसबारे शिक्षकसंग कारण माग गरेको बताएका छन् ।उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा ६३ सामुदायिक विद्यालय रहेका छन्।
यी हुन शुन्य नतिजा ल्याउने सामुदायिक बिद्यालय ?
धनगढी वडा नम्बर १ शान्तिनगरमा रहेको सरस्वति आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १३ श्रीलंकामा रहेको नव ज्योति आधाभुत बिद्यालय
धनगढी वडा नम्बर १३ राजपुरका रहेको जनता राष्ट्रिय माबि
धनगढी वडा नम्बर ६ मट्यारीमा रहेको भैरव वावा आधाभुत बिद्यालय
धनगढी वडा नम्बर ९ बंगराकटानमा रहेको सरस्वति आधारभुत बिद्यालय
धनगढी वडा नम्बर ७ देबरीयामा रहेको शिव माबि
धनगढी वडा नम्बर १७ पथरीमा रहेको भानु मावि
धनगढी वडा नम्बर १६ दमौलीमा रहको सज्जन आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १६ भादामा रहेको दिपेन्द्र चारपाते माबि
धनगढी वडा नम्बर १४ फुलबारीमा रहेको शिवशंकर आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १४ एच गाँउमा रहेको सिद्धार्थ आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १८ एफ गाँउमा रहेको खप्तडी आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १८ ई गाँउमा रहेको ईन्द्रोदय आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १९ फुलबारीमा रहेको फुलबारी आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १२ जनकबस्तिमा रहेको नवदुर्गा आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १२ दुर्गा बस्तिमा रहेको दुर्गा आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १३ जुगेडामा रहेको जनकल्याण माबि
को को हुन शुन्य नतिजा ल्याउने संस्थापक बिद्यालय ?
धनगढी वडा नम्बर ३ मा बोराडाडीमा रहेको मोडर्न स्कुल
उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा ४६ सामुदायिक र ६० संस्थागत विद्यालय छन् । धनगढी उपमहानगरपालिकाले कक्षा आठको परीक्षामा नन ग्रेड कायम भएका विद्यार्थीका लागि वैशाख २९ र ३० गते सैद्धान्तिक तर्फ बढीमा दुई विषयमा नन ग्रेड कायम भएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा हुने तय भएको जनाएको छ ।


