धनगढी। धनगढीका १८ विद्यालयका सबै विद्यार्थी कक्षा ८ को परीक्षमा फेल अर्थात् ननग्रेड भएका छन्। परीक्षाको नतिजाअनुसार धनगढीका १७ सामुदायिक र १ सस्थागत गरी १८ विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको देखाएको छ।
उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले आइतवार नतिजा तयार गरेर प्रकाशित गर्न सम्बन्धित विद्यालयमा पठाइएकाले कुन कुन विद्यालयमा नतिजा शून्य आयो त्यो भन्न नमिल्ने बताए। तर,१८ जति विद्यालयमा कुनै विद्यार्थीले पनि कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड प्राप्त नगरेको बताइएको छ।
उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा ६३ सामुदायिक विद्यालय छन्। ६३ मध्ये कुन विद्यालयमा आगामी शैक्षिक सत्रमा कक्षा ९ मा भर्ना हुने विद्यार्थी छैनन् भन्ने कुरा विद्यालयहरूले नतिजा प्रकाशन गरेपछि भन्न मिल्ने बताइएको छ।को को हुन शुन्य नतिजा ल्याउने सामुदायिक बिद्यालय ? हेर्नुहोस सुचिसहित
धनगढी वडा नम्बर १ शान्तिनगरमा रहेको सरस्वति आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १३ श्रीलंकामा रहेको नव ज्योति आधाभुत बिद्यालय
धनगढी वडा नम्बर १३ राजपुरका रहेको जनता राष्ट्रिय माबि
धनगढी वडा नम्बर ६ मट्यारीमा रहेको भैरव वावा आधाभुत बिद्यालय
धनगढी वडा नम्बर ९ बंगराकटानमा रहेको सरस्वति आधारभुत बिद्यालय
धनगढी वडा नम्बर ७ देबरीयामा रहेको शिव माबि
धनगढी वडा नम्बर १७ पथरीमा रहेको भानु मावि
धनगढी वडा नम्बर १६ दमौलीमा रहको सज्जन आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १६ भादामा रहेको दिपेन्द्र चारपाते माबि
धनगढी वडा नम्बर १४ फुलबारीमा रहेको शिवशंकर आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १४ एच गाँउमा रहेको सिद्धार्थ आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १८ एफ गाँउमा रहेको खप्तडी आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १८ ई गाँउमा रहेको ईन्द्रोदय आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १९ फुलबारीमा रहेको फुलबारी आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १२ जनकबस्तिमा रहेको नवगुर्गा आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १२ दुर्गा बस्तिमा रहेको दुर्गा आधारभुत बिद्यालय
धनगढी वडा नम्बर १३ जुगेडामा रहेको जनकल्याण माबि
को को हुन शुन्य नतिजा ल्याउने संस्थापक बिद्यालय ?
धनगढी वडा नम्बर ३ मा बोराडाडीमा रहेको मोडर्न स्कुल
उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा ४६ सामुदायिक र ६० संस्थागत विद्यालय छन् । धनगढी उपमहानगरपालिकाले कक्षा आठको परीक्षामा नन ग्रेड कायम भएका विद्यार्थीका लागि वैशाख २९ र ३० गते सैद्धान्तिक तर्फ बढीमा दुई विषयमा नन ग्रेड कायम भएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा हुने तय भएको जनाएको छ ।


