कञ्चनपुर। कञ्चनपुरका कवि नाथन रायन ‘द पोइट आइडल’को फाइनलमा प्रवेश गरेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ४ निवासी न्याथन नेपाली साहित्य विधामा पहिलोपटक सुरु भएको कवितामा आधारित रियालिटी शोको अन्तिम चारमा पुगेका हुन् ।
उक्त प्रतियोगिताको फाइनलका लागि चार जनाले प्रतिस्पर्धा गरिरहेका छन्। नाथन रायन कञ्चनपुरको शुक्लाफाँटा ४ असैनाका स्थानीय हुन् । स्नातकसम्मको पढाइ यहीँ बित्यो । महेन्द्रनगरस्थित अमिटी कलेजबाट उनले बीबीए उत्तीर्ण गरेका छन्। महेन्द्रनगरबाट उनी काठमाडौं गए । कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका नाथन मण्डला थिएटरका विद्यार्थी पनि हुन् ।
मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन् । पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमिका पाएपछि उनीसँग ठूलो पर्दाको समेत अनुभव छ । सन् २०१९–२० का लागि अमेरिकी दूतावास युथ काउन्सिल मेम्बर नाथन आफूले कलेज पढ्दादेखि मात्र कविता लेखेको बताएका छन् । यस्तै नयाँ वर्ष २०८० सालको अवसरमा न्याथनलाई कञ्चनपुरको झलारीमा स्वागत गरिएको छ। झलारी बजारस्थित प्रतीक्षालयमा न्याथन रायन जिताऊु अभियानका संयोजक जयबहादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रममा न्याथनलाई भव्य स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै कञ्चनपुरको झलारीमा वडा नं ११ का वडाध्यक्ष शेरबहादुर साउँदले सुदूरपश्चिमको भाषा, संस्कृति तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूको स्मरण गर्दै न्याथनलाई सुदूरको शान बनाउने जिम्मा शुक्लाफाँटाबासीको भएको बताए । न्याथनले आइडलको मञ्चमा सुदूरपश्चिमको भाषामा वाचन गरेको कविताको स्मरण गर्दै उनले कविामार्फत पनि आफ्नो संस्कृतिको संरक्षण हुनसक्ने बताउँदै न्याथनलाई जिताउन अपिल गरे। झलारी आएका न्याथनले आफ्ना समर्थकहरूसामु विभिन्न शीर्षकका कविता सुनाएका थिए। आइडलको फाइनलका लागि गृहनगर आएका कवि न्याथनले आफूलाई सक्दो सहयोगका लागि भोट अपिलसमेत गरेका छन् ।स्वागत कार्यक्रममा झलारीपिपलाडी उद्योग वाणिज्य संघ, शुक्लाफाँटा युथ नेटवर्कका प्रतिनिधि लागतयको सहभागीता रहेको थियो।भिडियोसहित तल हेर्नुहोस्
https://www.facebook.com/Rayan.Liza.007/videos/907919393760140


