धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले राना-थारुको सामाजिक र मानवीय विकासका लागि प्रदेश सरकार तयार रहेको बताएका छन्।
राना संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा २ दिने राना-थारु महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले कैलाली कञ्चनपुरमा रहेका राना-थारु समुदायको विकासका लागि प्रदेश सरकार प्रतिबद्द रहेको उल्लेख गरे।
कार्यक्रममा मन्त्री देउवालाई कैलाली कचनपुरका रानाथारुहरूको सामाजिक र मानवीय विकासका लागि प्रदेश सरकारले आवश्यक नीतिगत रूपमा र संरचना गतरूपमा सुधार गरी कार्य अगाडि बढाउने बताए। साथै उनले यस्ता महोत्सवले रानाथारु सांस्कृतिक संरक्षण तथा सामाजिक विकास र सांस्कृतिक पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।आगामी दिनमा यस्ता महोत्सवमा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने मन्त्री देउवाको भनाइ छ। उक्त अवसरमा आयोजक राना संस्कृति संरक्षण तथा विकास मञ्चले मन्त्रीलाई ५ बुँदे ज्ञापनपत्रसमेत पेश गरेका थिए।
जसमा धनगढी उपमहानगरपालिका वडा न १३ मा निर्माणा निर्माणाधीन राना-थारु संग्राहलयको जग्गाको स्वामित्व संग्रहालयको हुनुपर्ने, संग्रहालयको निर्माणका लागि प्रदेश सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने, महोत्सवको लागि आगामी दिनमा बजेटको व्यवस्था गर्नुपर्ने, मञ्चले सञ्चालन गरिरहेका जनचेतना र शैक्षिक कार्यक्रमका लागि सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने लगायतका मागहरू रहेका छन्। दुई दिनसम्म चल्ने उक्त महोत्सव विगत १३ वर्षदेखि नयाँ वर्षको दिनदेखि आयोजना गरिँदै आइएको छ।


