धनगढी : सुदूरपश्चिमका सरकारी अस्पतालमा भइरहेको बिसंगतीका बिरुद्धमा युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश आन्दोलनमा उत्रिने भएको छ । युवा संघ नेपालले सरकारी अस्पतालको सेवा सुधानुपर्ने माग गर्दै आन्दोलनको तयारी गरेको हो ।
युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटिले आज पत्रकार सम्मेलन गर्दै सरकारी अस्पतालका सेवा सुधार गर्न माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश सरकार जनस्वास्थ्य ऐन अन्तर्गत सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले सम्बन्धित निकायले तोकेको समयमा अन्यत्र सेवा गर्न नपाउने कार्यबिधि लागु गर्नुपर्ने, उपदफा १ मा उल्लेखित समय बाहेकको समयमा कुनै चिकित्सक स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी सेवा गर्न चाहेमा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट स्वूकृत लिनुपर्ने ब्यवस्था लागु गर्नुपर्ने, उपदफा २७ मा भएअनुसार निजि अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन ऐन बमोजिम सरकारी अस्पताल तथा स्वास्थ्य संस्था परिसरको ३ सय मिटरको वरीपरी दुरी भित्र अन्य निजी अस्पताल तथा पोलिकिल्नीक, नर्सिङहोम, प्रयोगशाला लगायत स्वास्थ्य सम्बन्धी निजी ब्यवसाय गर्न नपाइने ब्यवस्था कडा रुपमा कडाई रुपमा लागु गर्नुपर्ने ब्यवस्था लागु गर्न युवा संघ नेपालले सम्बन्धित निकायसंग माग गरेको छ ।
हामीले पहिलो चरणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनका लागी पत्रकार सम्मेलन आयोजना गरेका हौँ युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष बाबुराजा श्रेस्ठले भने “अरु अस्पतालका कुरा छोडौँ सेती अस्पतालकै हविगत के छ हेर्नुहोस त, फार्मेसीमा सबै किसिमका औषधी छैनन्, हात भाँचिएको अप्रेसन गर्न एक महिना कुनुपर्छ, एक्सरेका लागी ३ दिन कुनुपर्छ, डक्टरलाई १÷२ दिन कुरे मात्रै भेट्न पाइन्छ यसका बिरुद्ध हामी मात्रै होइन सबैले उठ्नुपर्ने बेला भएको छ ।”

सेती अस्पतालमा कार्यरत चिकित्सकहरुलाई सेती अस्पताल भन्दा आफ्ना क्लिनिकमा बढी ध्यान हुन्छ, यहाँका मेसु त क्लिनक धाउन छोड्नु हुन्न अरुको के कुरा उनले भने “सबैभन्दा पहिले ड्युटी समयमा चिकित्सक बाहिर हुनुभएन अब हामी आफै सेती अस्पतालमा छड्के हान्छौँ आफै कार्वाही गर्नपनि तयार हुनेछौँ, अर्को कुरा सरकारले सरकारी अस्पतालको ३ सय मिटर वरीपरी निजि स्वास्थ्य संस्था चलाउन नपाइने कार्यबिधि बनाएको छ खै त्यो कार्यान्वयन, के का लागी कार्यान्वयन भएन सामाजिक बिकास मन्त्रालयको ध्यान जाओस ।”
सेती प्रादेशिक अस्पतालको इमर्जेन्सीबाट बिरामी निजिमा रेफर हुन्छन किन यहाँ उपचार सेवा नभएर हो या इमर्जेन्सी ईन्चार्ज देखी डक्टर बिचौलिया भएर हो उनले भने “कसको कमजोरी हो, नजिकै भएको सरकार किन मुखदर्शक छ, अनी अस्पताल ब्यवस्थापन समितिलाई अधिकार दिएर काम दिने की बिना कामको कार्यक्रता भर्ती केन्द्र बनाउने योपनि सरकारले सोच्नुपर्छ ।”


