दार्चुला। दार्चुलाको खलंगाबाट गोकुले जाँदै गरेको जिप दुर्घटना भएको छ। दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले खलंगाबाट गोकुले जाँदै गरेको से १ ज ८४९ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको म १ ज २७६ नम्बरको जिप आपसमा ठोकिएर दुर्घटना भएको जनाएको छ । जिपमा सवार १४ वर्षिय सुनिता चैसीर सामान्य घाइते भएकी छन्। अन्य यात्रुलाई चोटपटक नलागेको प्रहरीको भनाई छ । थप बिवरण आउँन बाकी रहेको छ ।

