कैलाली। कैलालीमा एक घरमा आगलागी भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ५ राजीपुरका मारु तिमिल्सेनाको घरमा आगलागी हुँदा नौ लाखको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट तिमिल्सेनाको १२ बोरा धान, १२ कुण्डल गहुँ, सुन, काठ, लत्ताकपडा लगायतका सामान जलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको नौ लाख बराबरको धनमाल नष्ट भएको छ। आगलागी के कारणले भएको हो,सो बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


