कैलाली। कैलालीको गोदावरीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका २ तेघरी स्थित सोही ठाउँका २२ वर्षीय सुरेश भट्ट र अमृत ओलीलाई लागुऔषध खैरोहिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनीहरुलाई ४०० मिलिग्राम लागुऔषधसहित आइतवार साँझ पक्राउ गरिएको हो । दुबै जनालाई पक्राउ गरि उनीहरुमाथी लिई थप अनुसन्धान भइरहेको मालाखेती प्रहरीले जनाएको छ।


