धनगढी। कैलालीको धनगढीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट २०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित दुई जना शनिबार साँझ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।पक्राउ पर्नेहरूमा धनगढी–२ का ४० वर्षीय ओम अधिकारी र सोही स्थानका २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन्।
यस्तै धनगढी उपमहानगरपालिका-७ मनेहराबाट २ सय ६० मिलिग्रामसहित शनिबार साँझ लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्।लागुऔषधसहित पक्राउ पर्नेमा धनगढी–७ का १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका–४ का २० वर्षीय असिम सागर चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनामाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


