धनगढी। कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ५ को कार्यालयमा तालाबन्दि गरिएको छ। गोदावरी वडा नम्बर ५ को वडा कार्यालय पछाडी रहेको गेटा ट्राफिक चोक देखी गेटी श्रीपुर आखाँ अस्पतालसम्म सडक बिस्तार गर्न माग गर्दै स्थानियले वडा कार्यालयमा तालाबन्दि गरेका हुन्।
सडक बिस्तार नहुँदा बर्षयाममा डुवान हुने हुँदा बिकास निर्माणमा सहयोग गर्न स्थानियहरुले अनुरोध गरेका छन् । उनीहरुले सडक निर्माणमा काम गर्न ठेकेदारलाई असहज भएकाले निर्माण कम्पनीलाई सहजता मिलाईदिन भनेका छन्। वडा कार्यालयले पनी स्थानिय तहलाई दिएको अधिकार प्रयोग गरी अवरोध र विवादित रहेको ठाउँलाई बार्ताको माध्यमबाट र अटेर गरिएको अवस्थामा नियम बमोजिम काम अघि बढाउन माग गरेका छन् ।


