धनगढी : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको गुराँस एकेडेमी एकपछि अर्को सफलता चुम्दै शिक्षामा अब्बल बनेको छ । २०६८ साल देखि द नेशनल एकेडेमीको नाम बाट सञ्चालित यो बिधालय २०७२ साल देखि गुराँस एकेडेमी को नाम बाट संचालन मा आएको थियो । १ सय ७२ जना बिद्यार्थीबाट शुरु भएको गुराँस एकेडेमीसंग करिब १ हजार ५ सय बिद्यार्थी अध्यायनरत छन् ।
अत्तरिया क्षेत्रमा राम्रो शैक्षिक संस्था अभावमा अन्यत्र बिद्यार्थी पठाउनुपर्ने बाध्यताको अन्त्य गर्न गुराँस एकेडेमीले समय सुहाउँदो शिक्षा दिइरहेको छ । एकेडेमीका सञ्चालक डम्बर कडायतले बिधालय को आफ्नै मौलिकता पहिचान सामाजिक उत्तरदायित्व, सुसंस्कृत ब्यबहार र समय सुहाउदो बैज्ञानिक शिक्षाको कारण यो बिधालय आज यस क्षेत्रका अभिभावकहरुको पहिलो रोजाईमा परेको बताए ।
५ करोड भन्दा बढी लगानी गरिसेको विद्यालयले सुविधामा आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार, प्रशस्त खेल मैदान र पठन पाठनमा आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु रहेका छन् । गुराँस एकेडेमी, समय परिवर्तन सँगसँगै नयाँ सोच, विचार, आवश्यकता र परिवेश लाई ध्यान दिदै आएको छ कडायतले भने “गुराँस एकेडेमी अहिले सवैको रोजाईमा पर्न सफल भएको यति मात्रै होइन यो क्षेत्रमै गुराँस एकेडेमी चम्किलो तारा बनेर उदाई रहेको छ ।” जसरी मानिस लाई बाच्नका लागी बास र कपासको आवश्यकता पर्दछ त्यसैगरी उसलाई अझ सम्भ, कर्तब्यनिष्ठ र उत्तरदायी बनाउन शिक्षा चाहिन्छ उनले भने“कुनै पनि ब्यक्ति समाज र राष्ट्रको विकास गर्नका लागी पनि शिक्षा चाहिन्छ, त्यसैले शिक्षा ज्ञानको ज्योती हो जीवनको प्रकाश हो भन्ने कुरा लाई आत्मसाथ गदै हामी शिक्षालाइ नै जीवनको मार्ग दर्शन मानेर अघी बढेका छौँ ।”
यस विद्यालयले ११ र कक्षा १२ मा बिज्ञान र व्यवस्थापन संकाय संचालन गर्दै अत्याधुनिक बिज्ञान प्रयोगशाला, लाईब्रेरी र कम्प्युटर ल्याब समेत भएकाले अबिभावकहरुको रोजाइमा गुराँसनै पर्ने गरेको कडायत बताउँछन् । गुराँस एकेडेमी योग्य शिक्षक तथा कर्मचारी बाट संचालनमा रहेको शैक्षिक संस्था हो उनले भने “हामी शिक्षकहरुलाई तालिम दिइरहन्छौँ ताकी कसरी बिद्यार्थीलाई चौतर्फी ज्ञान होस, यस कारण बिधालयले गुणस्तरिय शिक्षा प्रदान गर्नका साथै बिधार्थीहरुलाई असल संस्कार, मानविय ब्यबहार र नैतिक शिक्षालाइ पनि बढी जोड दिएको छ ।”
यस बिधालयले हाल सम्म ७ वटा ब्याच एस. ई.ई. र १ ब्याच +२ को पास गरि अझै एस.ई.ई नतिजामा आफुलाई अब्बल शैक्षिक संस्था का रुपमा उभ्याएको छ । गुराँस एकेडेमीले योग्य शिक्षक तथा कर्मचारी बाट शिक्षा प्रदान गरेकै कारण यो विद्यालय विद्यार्थीको रोजाईमा पर्ने सफल भएको छ । बिद्यालय गत बर्ष एस.ई.ई मा सुदूरपश्चिममै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो ।
बिद्यालयमा अध्यायनरत कर्मन कडायतले गुराँस एकेडेमीको शिक्षा र ब्यवस्थापनबाट प्रभावित भएको बताए । हामीले खोजेको शिक्षा यस बिद्यालयमा पाइरहेका छौँ उनले भने “ अत्याधुनिक बिज्ञान प्रयोगशाला, लाईब्रेरी र कम्प्युटर ल्याब लगायत आवश्यक पर्ने सबै उपकरण बिद्यालय सित छ, यति मात्रै नभएर पारिवारिक संस्कार र समय सुहाउँदो शिक्षा हामीले पाइरहेका छौँ एकदम खुशी छौँ ।” अर्का बिद्यार्थी आसिस चौधरीलेपनि बिद्यालयको शिक्षा संगै वातावरणबाटै प्रभावित भएर आएको बताए । यसको सबै पार्ट राम्रो लागेरनै म पढ्न आएको हुँ उनले भने “सोचे जस्तै शिक्षा पाइरहेका छौँ, हामीले खोजेको शिक्षा पाएका छौँ र सन्तुस्ट छौँ ।”
गुराँस एकेडेमीले पठन पाठन साथ साथै अतिरिक्त क्रियाकलापहरुलाई बढी जोड दिएको छ भने आजको शिक्षालाइ प्रबिधि संग जोड्ने कार्य गरकै कारण यो विद्यालय अभिभावकको रोजाई छ । अतिरया क्षेत्रमा राम्रो विद्यालय नभएका कारण धनगढी तथा अन्य क्षेत्रमा गुणस्तरिय शिक्षाका लागी आफ्ना छोराछोरीलाई पठाउनु पर्ने बाध्यता पनि अन्तेय भएको अभिभावक भुवन कोइरालाले बताए । म दिनभरी आफ्नो काममा हुन्छु एक दिन छोरालाई पढाएको छैन ८६ प्रतिशत नतिजा ल्याएको छ उनले भने “पारिवारिक वातावरणमै बिद्यालयले शिक्षा दिएका कारण घरको मान्छेले समय दिन नसक्दापनि राम्रो नतिजा ल्यायो नी, त्यस कारण गुराँस एकेडेमी बराबर अरु पुग्न सक्दैनन् ।”
यस संस्थाले पठन पाठन साथ साथै अतिरिक्त क्रियाकलापहरुलाई बढी जोड दिएको छ भने आजको शिक्षालाइ प्रबिधि संग जोड्ने कार्य गरेको छ । बिधार्थिले आर्जन गरेको शिक्षालाइ कसरि दैनिक जीवन संग जोड्ने र कसरि बैज्ञानिक, व्याबहारिक र युग सुहाउदो सिप संग जोड्ने कुरालाई यस बिधालय ले आफ्नो लक्ष्य बनाई यहि चैत २८ गते आफ्नो ११ औ बार्षिकोत्सव मनाउने तयारी पनि गरेको छ ।


