बैतडी। बैतडीमा विद्यालयबाट कर्मचारी हटाइएपछि उच्च अदालत दिपायलमा मुद्धा दर्ता गरिएको छ । बैतडीको पाटन नगरपालिकामा पर्ने सिद्धेश्वर माध्यामिक विद्यालय पाटन–१ मेल्चौराका कर्मचारीले उच्च अदालत दिपायलमा मुद्दा दर्ता गरेका हुन्।
आफूलाई विद्यालय व्यवस्थापन समितिले बिनाकारण हटाएको भन्दै सो बिद्यालयका लेखापाल करविर भट्टराईले मुद्दा दर्ता गरेका छन्। भट्टराईले सिद्धेश्वर माध्यामिक विद्यालय पाटन–१ मेल्चौरालाई विपक्षी बनाई उच्च अदालत दिपालय, महेन्द्रनगर इजलासमा चैत २० गते रिट निवेदन दिएका हुन्।
न्यायाधीश राजेन्द्र सुवेदीको एकल इजलासले लेखापाल भट्टराईलाई वा निवेदकले अन्तरिम आदेश माग गरे बमोजिम आदेश दिन भने अस्वीकार गरेका छन्। तर, लेखापाल भट्टराईलाई सेवाबाट बर्खास्ती गर्दा गरिएको निर्णयसहित कारबाहीको फाइल समेत लिई चैत २८ गते अदालतमा छलफलका लागि आउन भनिएको छ।


