कैलाली। कवितामा आधारित नेपालकै पहिलो रियालिटी शो पोयट आईडियलमा कैलालीकी मुनु अधिकारी उत्कृष्ट ६ जनामा परेकी छन् । सयौँ प्रतिस्पर्धीहरूलाई उछिन्दै पोयट आईडियलमा छानिएकी मुनु अन्तिम १४ जनामा पनि उत्कृष्ट ६ जनाभित्र पर्न सफल भएकी हुन् ।‘मेरा आँखाहरू सायद मेरै मृत्युको साक्षी बस्न चाहेनन्,म आफैले आफैलाई निर्धक्क मारेको हेर्न सकेनन्’, यस्ता थुप्रै मर्मस्पर्शी कविताले उनले निर्णायकसँगै दर्शकहरूको मन जितेकी छन्।
मान्छेका जीवन व्यथा, पीडा र प्रेम उनेर बनाएका मर्मस्पर्शी कविता मार्फत उनले सबैको मन जितेकी अधिकारी कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खड बजारमा हुर्किएकी हुन्। म हत्यारा हूँ, चमेलीको रातो रिबन लगायतका शीर्षकमा उनका कविताहरूले सबैको मन छोएका छन्।कविता लेख्दाखेरी म आफैलाई पाउँछु, उनी कविता लेख्नुको कारण सुनाउँछिन्। धनगढीको स्टेपिङ स्टोन ईंगलिस स्कुलबाट एसएलसी पास गरेकी अधिकारी दिल्लीमा सीएको पढाई पुरा गरिरहेकी छन्। अधिकारीले आफूलाई भोट गर्न संसारभरि छरिएर रहेका साहित्य अनुरागी नेपालीसँगै सुदूरपश्चिमेलीहरुसंग आग्रह गरेकी छन्। भन्छिन्, प्रतिस्पर्धामा सहभागी भएपछि जित्नु हार्नु त छदै छ , म छाप छोड्न चाहन्छु। जसले भोलि इतिहास लेख्नेछ। भिडियो कवितासहित तल हेर्नुहोस्
https://www.facebook.com/munu.adhikari.549/videos/527093472919562


