धनगढी। कैलालीमा लागुऔषध (खैरो हेरोईन) सहित ४ जना पक्राउ परेका छन् । सोमबार सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत निकायबाट खटिएको संयुक्त प्रहरी टोलीले बिभिन्न स्थानबाट लागुऔषध (खैरो हेरोईन) सहित ४ जनालाई पक्राउ गरेको हो ।
संयुक्त प्रहरी टोलीले निम्न व्यक्तिहरुलाई लागु औषध (खैरो हेरोईन) सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बधित प्रहरी कार्यालयहरुमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका ७ सोनाफाँटाबाट भारतको लखिमपुरखिरी तिकुनियाका २० बर्षिय सतिश राना छन्। उनको साथबाट ४ ग्राम ८८० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) बरामद गरिएको छ।
यस्तै कैलालीको धनगढी ३ बिशालनगरबाट बाजुरा खप्तड छेडेदह गाउँपालिका ४ घर भई हाल धनगढी ३ कोठाभाडामा बस्ने ४० बर्षिय आनन्द धामीको साथबाट ३ ग्राम ४०० मिलिग्राम लागुऔषध ९खैरो हेरोईन० बरामद गरिएको छ । यस्तैधनगढी २ तिल्केतालबाट १९ बर्षीय को ईश्वर साउदको साथबाट ६५० मिलिग्राम लागु औषध र टिकापुर नगरपालिका १ बल्क नम्बर ११ स्थित सडक खण्डबाट सोही ब्लक नम्बर २९ का २२ बर्षीय शिशिर चौधरी साथबाट ११० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको प्रहरीले जनाएको छ।


