धनगढी। धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते भएका छन् । धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा राति करीब ८ बजेतिर त्रिनगर भन्सार अगाडि से ६ प ७२१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले दुर्घटनामा परी गम्भीर घाइते भएका गोदावरी नगरपालिका१ का २९ वर्षीय हरेन्द्र कार्कीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको बताए । उनको आइसियुमा राखेर उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


