धनगढी : धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ। आश्रमलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १२ सी गाउँ बस्ने विमला थापाले सहयोग गरेकी हुन्। उनका दाई स्वर्गीय दिलबहादुर ताडीको वार्षीक पुण्य तिथी र उनको छोरा अर्विन्द थापाको आजै परेको जन्मदिनको अवसरमा सहयोग गरेको आश्रमले जनाएको छ।
सम्पूर्ण थापा परिवारसहित आश्रममा आएर उनले आश्रममा रहेका व्यक्तिहरुलाई खाना खुवाएको आश्रमका कैलाली जिल्ला संयोजक लोकेन्द्र शाहले बताएका छन्।


