बैतडी। बैतडीको मेलौलीकी एक महिला बेपत्ता भएकी छिन्। बैतडीको मेलौली नगरपालिका १ जर्कु सैनी घर भएकी २० बर्षीया पार्वती खत्री नायक तीनदिनदेखि बेपत्ता रहेकी पारिवारजनले बताएका छन्। यही चैत १६ गते घरबाट एक्कासी हिँडेकी पार्वती अहिले सम्म सम्पर्कमा नआएको परिवारले जानकारी दिएको छ।
रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका पार्वतीका श्रीमान सागरसिंह नायकले पार्वतीको खोजी गरिदिन आग्रह गरेका छन्। घरमा कसैसगं झै–झगडा पनि नभएको र परिवारसंग राम्रै सम्बन्ध रहेको नायकले बताए। शिवनाथ गाउँपालिका –४ पिपलकोट माइतीघर भएकी पार्वती माइतमा खोजी गर्दापनि नभएको बताइएको छ। पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ।


