काठमाडौँ। नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पदबहाली गरेकी छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै मन्त्री श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली गरेकी हुन्।
नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रेष्ठसहित अन्य मन्त्रीहरुले पनि आजै सपथ लिएका थिए। यस्तै नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठ डिल्लीबजारस्थित कारागार पुगेकी छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न कारागार पुगेकी हुन्। राष्ट्रिति कार्यालयमा शपथ लिएलगत्तै श्रेष्ठ आफ्नो श्रीमान समेत रहेका चौधरीलाई भेट्न कारागार पुगेको स्रोतले बतायो।
कारागारमा करिब १५/२० मिनेट कुराकानी गरेर मन्त्रालय फर्किएकी छन्।मन्त्री श्रेष्ठले टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी छाड्न सरकारसँग दबाब दिइरहेकी छन्। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धन दलका शीर्ष नेताहरुले चौधरीलाई छाड्ने आश्वासन दिएपछि सरकारमा सहभागि भएको बुझिएको छ। सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रममा पनि त्यसलाई समेट्ने तयारी छ।


