धनगढी। कैलालीमा झोलङ्गे पुल निर्माणमा भ्रष्टाचार भएको आरोप लागेको छ । कैलालीको लम्कीचुहा नगरपालिका ३ धोबेनी खोलामा झोलङ्गे पुल निर्माणमा भ्रष्टाचार भएको स्थानीयले आरोप लगाएका हन्। लम्कीचुहा नगरपालिका ३ को शान्तीटोलदेखि कोपिला सामुदायिक बन जोडने धोवेनी खोलामा निमार्णाधिन झोलुङ्गे पुल निमार्णका क्रममा उपभोक्ता समितिलाई १८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको हो।
अघिल्लो आर्थिक वर्षबाट काम सुरु भएको झोलुङ्गे पुलको निमार्ण कार्य फागुनमा सम्पन्न भएको हो। पुल निमार्णको काम सम्पन्न भएपछि स्थानीयहरूको ज्यालामजदुरी बाफत भन्दै कीर्ते हस्ताक्षर गरी करिब १८ लाख निकासा भएपछि मात्रै घटना सार्वजनिक भएको हो। उक्त झोलुङ्गे पुल निमार्णका लागि करिब ६५ लाख विनियोजन गरीएको थियो। विनियोजन गरीएको बजेटमा १८ लाख रुपैयाँ बचत भएको तर स्टेमट अनुसार काम नगरी बचेको रकम उपभोक्ता समिति पदाधिकारी र स्थानीयहरूलाई श्रमदान गरेको भन्दै रकम बाडफाँट गरीएको पाइएको हो।
तर वितरण गरिएको रकम अधिकांश स्थानीयले पाएका छैनन्। अधिकांश स्थानीयको कीर्ते हस्ताक्षर गरी पुल निमार्णमा मजदुरी गरेको भन्दै रकम निकासा भएको तथ्यले समेत देखाएको छ। रकम निकासा गरीएका व्यक्तिहरू कतिपय गाउँमै छैनन् भने कतिपय अध्ययनको सिलसिलामा काठमाडौँमा छन्। भने कतिपय अहिले पनि भारतमा रोजगारी गरीरहेका छन्। उता, रकम बाडँफाँटको विषयमा कुरा नमिल्दा पुल उपभोक्ता समितिका अध्यक्ष पूर्णप्रसाद बजगाई र सचिव महेन्द्र तिमिल्सिनाबीच विवाद भइ हात हालाहालसमेत भएको स्थानीयले बताएका छन्।
सो विषय बाहिर आएपछी वडा नम्बर ३ का वडा अध्यक्ष लबबहादुर शाही गाउँमा गएर सहजीकरण गरेको र आफूले यो विषय मिलाउने बताएका छन्। विकास निमार्णमा भएका काम कारवाहीको अनुगमनको जिम्मेवारी पाएको लम्कीचुहा नगरपालिकाका नगर उपप्रमुखसमेत रहेको अनुगमन समितिकी संयोजक जुना चोधरीलेसमेत सो विषयको विवाद गाउँमै मेलमिलापद्वारा समाधान गरिनुपर्ने बताएकी छन्। उपभोक्ता समिति र बजेटको सम्बन्धमा उपभोक्ता समितीमा नगएका, सो योजनामा कुनै पारिश्रमिकको रूपमा वा श्रमदानको रुपमा काम नगरेका ब्यक्तिको नाममा पुलको काम गरेवाफत बुझी लिएको कृते भरपाइ बाहिर आएको छ।
उपभोक्ता समितिका अधयक्ष बजगाईले भने करिव ८ लाख ७१ रुपैयाँ बचत भएको र सो रकम आफूले खर्च गरेको स्वीकार गरेका छन्। समतिका अध्यक्ष र सचिव नाताले भिनाजु र साला भएको समेत खुल्न आएको छ।परिवारकै सदस्य र आफन्तलाई राखेर उपभोक्ता समति गठन गरीएकोले अझै बढी आर्थिक चलखेल भएको हुन सक्ने स्थानीयको आशंका छ। लम्कीचुहा नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट र झुलुङ्गेपुल विकास समितिको बजेटमार्फत स्थानीय सरकार लम्कीचुहा नगरपालिकाको कार्यालयद्वारा कार्यान्वयन भएकोले उक्त योजनाको तत्काल छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन्।देशसञ्चारबाट


