कैलाली। कैलालीको चुरेमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भीरबाट लडेर मृत्यु भएको हो।
चुरे गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादुर बोहराले मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किदै गरेकी थापाको भीरबाट लडेर मृत्यु भएको बताए। घटना के कसरी भएको हो भन्ने बारेमा अनुसन्धान र छलफल भैरहेको उनले बताए।


