काठमाडौँ। मन्त्रिपरिषद् बिस्तारका लागी पूर्णता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि दबाब बढेको छ । नेकपा माओवादी केन्द्रका उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री दाहाललाई छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएका हुन्।
उनीहरुले प्रधानमन्त्री दाहालसँग छुट्टाछुट्टै भेट गरी तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री कार्यालयका एक सचिवालय सदस्यले प्रधानमन्त्री नियुक्त भएको तीन महिना भएपनी मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भन्दै आलोचना भइराखेको बताए। प्रधानमन्त्री एक्लैले १६ मन्त्रालय लिएको पनि एक महिना भयो’ सरकारका काम कारबाही प्रभावकारी हुन नसकेको गुनासो आइरहेको छ। अब मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला गर्नुहुन्न भन्ने छ,उनले भने।
प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने सवालमा भाका फेरेको भन्दै आलोचना हुन थालेपछि माओवादी मन्त्रीहरूले त्यसतर्फ सचेत पनि गराएका छन्। प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भन्नेमा निक्कै दबाबमा हुनुहुन्छ । रिक्त मन्त्रालयभन्दा बढी मन्त्री बनाउनुपर्छ भन्ने प्रेसर पनि छ। ‘त्यसैले शीर्ष नेता नेताहरूसँग भेटिरहनुभएको उनले बताए। भोलिसम्म मन्त्रिपरिषद्ले पूर्णता दिनुपर्छ भन्ने छ। सत्ता साझेदार दलका नेताहरूले रिक्त मन्त्रालयभन्दा बढी दाबी गरेपछि समस्या आएको उनले बताएका छन् ।