धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकामा कार्यरत स्वाथ्यकर्मी ६ महीनादेखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। आन्दोलनमा उत्रिएका उनीहरूलाई दबाबमूलक कार्यक्रममा विभिन्न संघसंगठनहरुले साथ दिएका छन् । आइतबारदेखि
उपमहानगरको स्वास्थ्य शाखा र १९ वटा वडाका स्वास्थ्य संस्थाका ५४ जना कर्मचारी तलब नपाएको भन्दै आन्दोलनमा रहेका छन् ।
उनीहरूले हातमा कालोपट्टी बाँधेर उपमहानगर कार्यालयमा धर्ना दिएका छन्। माग सम्बोधन नहुन्जेलसम्म काममा नफर्किने उनीहरूको भनाइ छ।तलब भत्ता यथाशीघ्र पाउनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम अघि बढाएका स्वास्थ्यकर्मीहरूलाई विभिन्न संघ-सङ्गठनहरूको एक्येवद्धता जनाएका हुन् । नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलाली, नेपाल निजामती कर्मचारी सगंठन कैलाली, नेपाल राष्ट्रिय कर्मचारी सगंठन निजामती कैलाली, एकीकृत सरकारी कर्मचारी सगंठन नेपाल कैलालीले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा एक्येबद्धता जनाएका छन् ।
आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक धनगढी उप-महानगरपालिका प्रशासन शाखामा हाजिरी गरि नगरपालिकाको प्राङ्गणमा जम्मा भई कालो पट्टि बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रूपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमूलक कार्यक्रम गर्दै आयका छन् ।आधारभूत स्वास्थ्य सेवा स्थानीय तह र प्रदेश को हुनेछ भन्ने स्वास्थ्य ऐनमा भए अनुसार १९ वटा वडामा नेपाल सरकारको स्वास्थ्य नीति र मापदण्ड अनुरूप कम्तीमा १० जना स्वास्थ्यकर्मी दरबन्दी भएको भौतिक संरचना र ३/३वर्ष देखि २/३ जना स्वास्थ्यकर्मीले काम गरिरहेको स्वास्थ्य कर्मी नेहा स्वाँरले बताइन् ।
जसमध्य ३ वटामा बर्थिङ सेन्टर सहित सञ्चालन रहेका छन् । ५४ जना स्थायी स्वास्थ्यकर्मीले पुगेन भनेर २२जना स्वास्थ्यकर्मी अस्थायी स्वास्थ्य कर्मी पहिले देखि नै भर्नात्यतिले नी पुगेन भनेर ३ जना अस्थाइ स्वास्थ्यकर्मीको भर्नाको विज्ञापन खोली भर्ना प्रक्रिया अगाडि बढीसकेको अवस्था रहेको उनले भनिन् । तर धनगढी उपहानगरपालिका भन्छ १६ जना स्थायी स्वास्थ्यको मात्रै दरबन्दी भनेर उनले भनिन्। यस्तै स्वास्थ्यकर्मी राधा खडायतले हाम्रो धर्ना कार्यक्रमको तेस्रो दिन हुँदा पनि कहिबाट सुनुवाई नभएको बताइन्। उनले मुख्यमन्ँत्रीलाई भेट्दा समेत ठोस निर्णय नभएको बताइन् । अहिले बिभिन्न संघ संस्थाले साथ दिएको उनले बताइन् ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड ल्याएर कर्मचारी समायोजन गरेको थियो। जस अनुसार‚ उपमहानगरमा आएका कर्मचारीलाई उपमहानगरले तत्काल हाजिर गराई काममा लगाउने र नियम अनुसार तलबभत्ता उपलब्ध गराउने सहमति भएको थियो। तर‚ आफूहरूले असोजदेखि तलब नपाएको धनगढी-१३ को आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक अनिता खड्काले बताइन्। उनी अछामको मेल्लेख गाउँपालिकाबाट धनगढी आएकी हुन्। वैशाख २०७७ मा डोटीको केआई सिंह गाउँपालिकाबाट समायोजन मिलान गरी धनगढी आएकी सीअनमी मीना पाण्डे र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत सीअहेब जानकी कार्कीले समस्या पनि उस्तै छ।
धनगढी-२ को आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब शिशिर शर्मा पनि तलब नपाएको बताउँछन्। धनगढी उपमहानगरमा स्वास्थ्य शाखा लगायत अन्य दुई स्वास्थ्य चौकीमा गरी १६ जनाको दरबन्दी छ। आर्थिक वर्ष २०७५र७६ मा तत्कालीन सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा चिकित्सक सहितको स्वास्थ्य संस्था र हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिएको थियो। सोहीअनुरूप धनगढी उपमहानगरले १९ वटै वडामा स्वास्थ्य संस्था विस्तार गर्यो। उपमहानगरमा एक शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, दुई स्वास्थ्य चौकी, सात सहरी स्वास्थ्य केन्द्र र नौ वटा आभारभूत स्वास्थ्य केन्द्र छन्।
उपमहानगरका मेयर गोपाल हमालले स्वास्थ्य सेवाका कर्मचारीलाई ६ महीनादेखि तलबभत्ता खुवाउन नसकेको स्वीकारेका छन्। कर्मचारीले तलबभत्ता नपाएको भन्दै संघीय सरकारलाई दुई पटक जानकारी दिए पनि रकम निकासा नभएको उनको भनाइ छ। मेयर हमाल भन्छन्‚ “समायोजन गर्दा आवश्यकताभन्दा बढी पठाएको कर्मचारीको तलबभत्ता संघीय सरकारले पठाउनुपर्छ नभए कर्मचारी फिर्ता लैजानुपर्छ।” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहका वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसंख्याका आधारमा तीन तहमा वर्गीकरण गरी दरबन्दी प्रस्ताव गरेको छ। पाँच हजारभन्दा बढी जनसंख्या भएको वडालाई (क) वर्गमा राख्दै १० जना, दुई हजारदेखि पाँच हजारसम्म जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई (ख) वर्गमा राख्दै आठ जना र दुई हजारभन्दा कम जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई (ग) वर्गमा राख्दै ६ जनाको दरबन्दी प्रस्ताव गरिएको छ।


