धनगढी। धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव शुरु भएको छ। सुदूरपश्चिम साहित्य समाजको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादूर शाहले गरेका छन्। आज उद्घाटन भएको महोत्सव १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
सुदूरपश्चिमको कला संस्कृती र यहाँको पछौटेपनलाई उजागर गर्ने उद्देश्यले धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव शुरु भएको हो। महोत्सवमा सुदूरपश्चिमको कला झल्किने झाँकी प्रस्तुत गरिएका छन्, भने अबको ४ दिन यहाँका सम्भावना लगायतका बिषयमा समेत सम्वाद र बहस समेत हुने छ। नेपाली भाषाको उद्गमस्थलका रुपमा चिनिने सुदूरपश्चिमको कला संस्कृती र यहाँको पछौटेपनलाई उजागर गर्ने उद्देश्यले धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव शुरु भएको महोत्सव संयोजक यज्ञराज उपाध्यायले बताए।
सुदूरपश्चिमको इतिहाँस र यहाँको कला संस्कृतीबारे श्रस्टाहरुका कलम चलुन भन्ने हेतुले देश तथा बिदेशका श्रस्टाहरुलाई यस महोत्सवमा निम्त्याइएको उनले भने। ४ दिनसम्म चल्ने महोत्सवमा बिभिन्न बिषयमा सम्बाद समेत हुने जनाइएको छ। महोत्सवमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने छ। महोत्सव संयोजक यज्ञराज उपाध्यायले सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा (अमेरिका) पनि सहभागी हुने बताए।
समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिएको छ। साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिएको। उनि संगै अन्य बिभिन्न ब्यक्तीहरुलाइपनि बिभिन्न बिधामा सम्मान गरिएको छ। साहित्य महोत्सवले सुदूरपश्चिमको कला संस्कृती बिश्वसामु चिनिने अपेक्षा राखिएको छ। यहाँको संस्कृती बारे मात्रै नभई यहाँको गरिबी, पछौटेपनका बिषयमापनि बहस हुने आयोजकले बताएको छ। साहित्यका माध्यमबाट संस्कृतीको पहिचन संगै समस्या र सम्भावनाको उजागर हुने अपेक्षा लिइएको छ।
महोत्सवको उद्घाटन मुख्यमन्त्री कमल बहादूर शाहले गरेका हुन्। शाहले देशभरी तथा अन्य देशका साहित्यकार सहितको उपस्थिती रहने यस महोत्सवले सुदूरपश्चिमको कला संस्कृतीको संरक्षण संगै सम्भावनाको पहिचान गर्ने अपेक्षा राखेका छन्। मुख्यमन्त्री शाहले साहित्यिक क्षेत्रबाट गर्न सकिने कामका लागी सँधै साहित्यकार सगं सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे। साहित्यका क्षेत्रबाट यहाँको संस्कृतीको पहिचान संगै जगेर्ना हुने अपेक्षा लिइएको छ। साथै यहाँका सम्भावना बारे बहसले पक्कै नेतृत्व तहको ध्यानाकर्षण हुने छ। यस्ता सम्मेलन र महोत्सवबाट पहिचान हुने सम्भावनाको अध्यायन गरी संरक्षण र प्रबद्र्धनमापनि नेतृत्वले ध्यान दिए पक्कै परिवर्तन सम्भव हुने थियो।


