धनगढी। कैलालीमा वन पैदावार मुद्दाका फरार चार जना प्रतिवादी पक्राउ परेका छन्। कैलाली प्रहरीले बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका चार जनालाई विहिबार पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको डिएसपी कुलदीप चन्दले बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका गोदावरी नगरपालिका–२ का रुपेश थापा, ललित ओली, अर्जुन बोहरा र भानु ओलीलाई पक्राउ गरिएको बताए।जिल्ला अदालत कैलालीले उनीहरुलाई जनही ८३ हजार ९ सय ७० जरिवाना तोकेको थियो।
फरार रहेका चारै जनालाई लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए। यस्तै सवारी ज्यान र चोरी कसुर सम्बन्धि मुद्दाका थप २ जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका फरार प्रतिवादीलाई कैद भुक्तानका लागि प्रहरीले जिल्ला अदालतमा बुझाईएको बताइएको छ।


