धनगढी : धनगढी स्थित लिटल फ्लावर बोर्डिङ हाई स्कुलको ३३ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । उप महानगरपालिका २ मा रहेको स्कुलले बिबिध कार्यक्रम गर्दै बार्षिकोत्सव मनाएको हो । स्कुलका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीको अध्यक्षतामा आयोजित बार्षिकोत्सव कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा ऐश्वर्या बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट, धनगढी उप महानगरपालिका २ का अध्यक्ष धर्मराज ओझा लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
बार्षिकोत्सवमा स्कुलको अवस्थाबारे जानकारी दिदै संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीले बिभिन्न आरोह, अवरोह पार गर्दै लिटल फ्लावर बोर्डिङ हाई स्कुल ३३ औँ बर्षमा पुगेको बताए । २०७१ सालबाट सञ्चालक बनेका शाहीले पछिल्लो समय स्कुललाई पढाई संगै अतिरिक्त कृयाकलापमा समेत अब्बल बनाउँदै गएका छन् । लिटल फ्लावरले किताबी ज्ञान मात्रै नभएर ब्यवहारिक ज्ञानलाइपनि प्रार्थमिकतामा राखेको उनले बताए ।

बार्षिकोत्सवको अवशरमा धनगढीका पत्रकार दिपक उपाध्याय सम्मानित भएका छन् । उपाध्यायलाई समाजसेवा पुरस्कारबाट सम्मान गरेको हो । बार्षिकोत्सवको अवशरमा स्कुलले शिक्षा क्षेत्रमा कार्यरत एक जना र सोही बिद्यालयमा कार्यरत एकजना शिक्षिकालाइपनि सम्मान गरिएको थियो । सोही अवशरमा बिद्यार्थीहरुले बिभिन्न संस्कृतीक प्रस्तुतीपनि देखाएका थिए ।

