धनगढी। ११३आौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आज एक बिशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरुलाई सम्मान गरेको हो।
सामाजिक विकास मन्त्रालयले नगद १० हजारसहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेको थियो। यसरी सम्मानित हुनेमा अटो रिक्सा चालकहरुमा भगवती दुवी कुँवर, सविता चौधरी, छुटमनिया चौधरी, ईश्वरी नाथ, मिरादेवी चौधरी र वास्मती दहित रहेका छन् ।यस्तै धनगढी लेडि जेसिजले विभिन्न क्षेत्रमा आवद्ध नारीहरुलाई सम्मान गरेको छ । ११३ औं नारी दिवसको अवसरमा धनगढी लेडि जेसिजले छ जनालाई सम्मान गरेको हो ।दोसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेर धनगढी उपप्रमुख कन्दकला रानाले सम्मानित गरेकी हुन् ।
सम्मानित हुनेमा बाल अनाथालय संचालन गरिरहेकी सानू चौधरी, सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, कराँते खेलाडी गरिमा मल्ल, कला क्षेत्रकी धनेश्वरी रेग्मी रहेका छन् ।

