कञ्चनपुर। कञ्चनपुरमा अबैध औषधी बरामद गरिएकोृ छ। सोमबार बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ भाँसीपुलबाट भन्सार छली गरी ल्याईएका अबैध औषधी बरामद गरिएका हुन्।
प्रहरीले भारतबाट ल्याइँदै गरेको बेवारिसे १० लाख २१ हजार ४ सय मुल्यका अबैध औषधी बरामद गरिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। प्रहरी टोलीले ८१० थान सेगोप्लेक्स, एक हजार थान बोनभिटा र एक हजार ८० थान न्युरोम्याक्स बरामद गरेकोप्रहरी नायब उपरीक्षक डाँगीले बताए। बरामद औषधी भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।


