धनगढी : धनगढी स्थित होटल बिकासका सञ्चालक यज्ञ तिवारीले करन चेहडाको आरोपको खण्डन गरेका छन् । श्रृण चुक्तापछि जमिन फिर्ता गर्ने आश्वासन सहित जमिन बिक्रि गरिएको बताएका करन चेहडा सित घर जग्गाको कुनै कारोबार नभएको तिवारीले बताएका हुन् ।
मैले शुरुमा हेम जोशीबाट जमिन खरिद गरेको हुँ तिवारीले भने “जोशी जीले मलाई पैँसा अभाव परेको छ, जमिन लिनुस भनेपछि मैले त्यो जमिन खरिद गरेको हुँ, करन चेहडासंग जमिनबारे कुनै कारोबार भएन, बरु पछि मेरो होटलमा जागिर गर्छु भनेर आएपछि मेनेजरको जागिर मैले दिएको हुँ ।” चेहडा र मेरो बिच कहिल्यै जमिन तथा घर बारे कुरा भएन उनले भने “म र करन जमिनसंग जोडिएकै छैनौँ कहिल्यै अनी मलाई ठगेर जमिन लियो भन्नु गलत होनी, कसैको इज्जतमा दाग लगाउने गरी मिडियामा झुटा प्रचार गर्नु गलत हो, कसैको लहैलहमा लागेर मेरो बदनाम गर्न लागेको मैले अनुभुत गरेको छु ।”
म कुनै गलत छैन उनले भने “मलाई बदनाम गराउन चेहडाले बिभिन्न आरोप लगाएका छन्, म ति आरोपको खण्डन गर्न चाहान्छु, करन म संग काम गर्दा बरु भाइको उपचारका लागी भन्दै धेरै रकम लगेको थियो, जुन करनले मेरो नाममा पैँसा हालेको स्टेटमेन्ट देखाएको पाए, त्यो भन्दा दोब्बर पैँसा म बाट लिएको छ उसले, त्यसको आधा फिर्ता गरेको हो, मेरै होटेलमा काम गर्ने भएका कारण मैले सहयोग गरेको रकमबाट केही फिर्ता गरेको हो, बरु उसबाट म ठगिएको छु, मेरो रकम बढी खाएको छ, उल्टो मलाई आरोप लाउनु गलत हो ।”
झन करनकी श्रीमतीले म माथी यौन दुब्र्यहारको आरा्प लगाएको देखे उनले भने “मेरो बानी आम समाजलाई थाहा हुन्छ नी, म त्यो घरमा बैकंको मान्छे अनी जग्गा नाप्न अमिन आउँदा गएको छु, उसको अरु मान्छेसित मेरो के सरोबार बरु, त्यो घर खाली गराइदिन नगरपालिकामा उजुरी दिएको थिए त्यो बिविध कारण छानबिनमा गएन छ, अब मैले घर अरुलाइनै बिक्रि गरिसके, म सित केही रहेन ।”
केही दिनअघी धनगढी उप महानगरपालिका वडा नम्बर १ बसन्तटोलका करन चेहडा र श्रीमती लिला देवी चेहडाले आफ्नै घर बिक्रि भएको बताएका थिए । उनिहरुले यज्ञ तिवारीसंग ७ लाख रकम श्रृण लिएर जग्गा नाममा हालिदिएको तर त्यो जग्गा श्रृण चुक्तापछि फिर्ता गर्ने सहमती भएपनि फिर्ता गर्नुको सट्टा बिक्रि गरिदिएको बताएका थिए । उनिहरुले आफुहरु ठगीमा परेर घरबार बिहिन भएको भन्दै सहयोगको अपिल गरेका थिए ।

