धनगढी। धनगढीको छ लेन सडकमा बसले ठक्कर दिएको छ । धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकस्थीत चटकपुरमा ना ७ ख ५८७४ नम्बरको बसले एक जना साइकल यात्रीलाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीको छ लेन सडकमा बसले ठक्कर दिँदा धनगढी २ की २४ वर्षीया आरती चौधरी घाईते भएकी छिन्।
घाईते चौधरीको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरी निरीक्षक खेगेन्द्र साउँदले जानकारी दिएका छन्। बसको ठक्करले छलेन सडकको पर्खाल समेत भत्किएको र साईकल समेत कच्याककुचुक भएको छ । बस र चालक मुगुका २३ वर्षीय हिक्मत शाही प्रहरीको नियन्त्रणमा रहेको उनले बताए । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



