कैलाली। कैलालीमा हायसले एक जना पैदल यात्रुलाई ठक्कर दिएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मिमा हायसले पैदल हिँडीरहेका यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका वडा नम्बर ६ का पैदल यात्री गेरुवा चौधरीको दुर्घटनामा मृत्यु भएको हो।
ठक्कर दिँदा चौधरीको घटना स्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तीरयाले जनाएको छ। आज बिहीवार बिहान धनगढीबाट नेपालगंज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। चौधरीको मृत्यु भएको भन्दै स्थानियले कैलालीको बल्मि क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग बन्द गरेका थिए।बन्द केही बेर खुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


