धनगढी। कैलालीका चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।आज दिउँसो २:१५ बजेको समयमा कैलालीको लम्कीचुहा नगरपालिका ३ टुक्की बजारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले छालासहित दुई जना पक्राउ गरेको हो।
कुईनेदेखि चिसापानीतर्फ आउँदै गरेको से.५प ८०३१ नं.को मोटरसाईकलमा सवार अछाम बिनायक नगरपालिका ६ तोलीका ३६बर्षिय तुल बहादुर बिक र पछाडी सवार जुम्ला तातोपानी गाउँपालीका ४ राउत वाडा का ५० बर्षिृय तुल बहादुर खत्रीलाई पक्राउ गरेको हो। खत्रीको साथमा रहेको रातो पहेलो रंगको झोला चेकजाँचका क्रममा लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको छाला १ थान र २ किलो ९५० ग्राम बन्यजन्तुको हड्डी र २ थान मोबाईल बरामद गरीएको प्रहरीले जनाएको छ। बाधको छालासहित निज दुवै जना र मोटरसाईकल समेत पक्राउगरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ
कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

