कैलाली। कैलालीको लम्कीचुहा नगरपालिकाका ईन्जिनियर प्रशान्त अधिकारी माथि हातपात भएको छ। बिहान अधिकारीको कार्यकक्षमै हातपात भएको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले जानकारी दिए। योजनाको बिल उठाउने बिषयलाई लिएर इन्जिनियर अधिकारीलाई लम्कीका ठेकेदार प्रकाश शाहीले हातपात गरेको लम्कीचुहा नगरपालिकाकाले जनाएको छ।
नगरपालिकाका ईन्जिनियर प्रशान्त अधिकारी माथि काम गरेको भुक्तानी माग्दै ठेकेदारले हातपात गरेका हुन्।अहिले कर्मचारी पेनडाउन गरेर आन्दोलित भएका छन।हातपात गरेपछि नगरपालिकाका सबै कामकाज ठप्प भएका छन्। ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शंकर खड्काले घटनाको बारेमा अनुसंधान भईरहेको बताएका छन।’योजनाको बिल उठाउने बिषयलाई लिएर इन्जिनियर अधिकारीलाई लम्कीका ठेकेदार प्रकाश शाहीले हातपात गरेको नगरपालिकाकाले जनाएको छ। विज्ञप्ती नै जारी गरेर विरोध गरिएको छ।


