धनगढी। कैलाली वहुमुखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम सपन्न भएको छ। मंगलबार कैलाली वहुमुखी क्याम्पसमा अध्ययनरत मानविकी, व्यवस्थापन , शिक्षाशास्त्र र कानून संकायका दोस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीहरु र क्याम्पस प्रशासनद्वारा प्रथम सेमेष्टरमा भर्ना भइ नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सपन्न भएको हो।
क्याम्पस प्रमुख प्राध्यपक डा. धर्मराज उपाध्यायको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त स्वागत कार्यक्रममा क्याम्पसमा रहेका सवै संकायका विभागिय प्रमुख, क्रियाशिल विद्यार्थी संगठनका प्रमुख तथा अतिथिहरुको सभागिता रहेको थियो। कैलाली क्याम्पसमा अध्ययनरत आयोजक दोस्रो, प्रथम सेमेस्टरमा अध्ययनरत र अन्य विद्यार्थीहरु उपस्थित थिए। कार्यक्रममा विभिन्न विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा वोल्दै क्याम्पस प्रमुख उपाध्यायले सुदूरपश्चिम विश्व विद्यालयको कोर्स नयाँ र व्यवहारीक ढङ्गले तयार पारिएकोले अध्ययनशील र लगनशील हुँदै आफ्नो भविष्य निर्माणमा लाग्न बिद्यार्थीहरुलाई अनुरोध गरेका थिए।
समेष्टर सिष्टम भएकाले विद्यार्थीहरुले अनिवार्य ८० प्रतिशत क्याम्पसमा हाजिर हुनु पर्ने र ३ क्रेडिट वाउर अनुसार शिक्षक र विद्यार्थी अध्ययन अध्यापन गराउनुपर्ने निर्देशन क्याम्पस प्रमुख उपाध्यायले दिएका छन्। क्याम्पसमा अध्ययनरत विद्यार्थी विश्व बजारमा विक्ने शिक्षा दिने हाम्रो चाहाना रहेकोले यसमा सबैले सहयोग गर्नु पर्नेमा उनको जोड छ। यस्तै सबै विद्यार्थी संगठनको प्रतिनिधिकन रुपमा विचार राख्दै नेविसंघ कैलाली बहुमुखी क्याम्पसका नेता रोशन उपाध्याय सुवेदीले नवआन्तुक विद्यार्थीलाई स्वागतगर्दै कैलाली क्याम्पस सुप मात्रै नभएर अन्तरास्ट्रिय स्तरकै उत्कृष्ट विश्वविद्यालय बनाउन शिक्षक र विद्यार्थीले मेहेनत गर्नुपर्ने बताए । जसकालागि सवै विद्यार्थी संगठनले साथ र सहयोग गर्नुपर्नेमा उनले जोड दिए।स्वागत कार्यक्रम कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत कानून संकाय, व्यवस्थापन,शिक्षा, मानविकी र विज्ञान संग सम्वन्धित सवै कार्यक्रम मंगलबार सम्पन्न भएका छन्। सो कार्यक्रममा बिद्यार्थी, प्रध्यापक लगायत सवैको सहभागीता रहेको थियो।

