धनगढी। नेविसंघ डोटी-कैलाली सम्पर्क मञ्चको गठन तथा बिद्यार्थी भेला कैलालीमा सम्पन्न भएको छ। बिद्यार्थी भेलाले मिलन विसीको नेतृत्वमा कमिटी बिस्तार गरेको छ। रोशन उपाध्याय संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम मा प्रमुख अतिथि नेपाली कांग्रेस कैलाली जिल्लाका सचिव केशव मिश्र रहेका थिए।
कार्यक्रममा बोल्दै सचिव मिश्रले नेपाल विद्यार्थी संघले अब बौद्धिक जनशक्ति उत्पादनमा लाग्नु पर्ने बताए। समय अनुसार नेविसंघले अब बन्द हडताल भन्दा शैक्षिक गुणस्तर बढाउने कार्य तिर लाग्न पर्नेमा जोड दिए। राजनीति गर्नकालागि गैर विद्यार्थीले क्याम्पसमा आउन नहुने र नेता बन्नकालागि नेता बन्ने भन्दा रचनात्मक एवम् बौद्रिक शक्ति उत्पादनमा अब नेविसंघले नेतृत्व गर्न पर्नेमा मिश्रले जोड दिए।
कार्यक्रममा सम्पर्क मञ्चका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका धनगढी ८ का पार्टी सभापति मोहनराज ओझा विशिष्ट अतिथि, कांग्रेस पार्टीका विभिन्न वडाका सभापति, नेविसंघ अछाम कैलाली सम्पर्क समितिका प्रतिनिधि सुरत साउँद, नेविसंघ कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी नेता एल एन जोशी, कैलाली बहुमुखी क्याम्पस नेविसंघ का नेता तेज जंग मल्ल र अन्य विभिन्न नेविसंघ संघ आवद्र जिल्लाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।


