धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्मुख प्हरी नायब महानिरिक्षक अशोक सिहंले लागु औषध बिरुद्ध महा अभियान चलाउने बताएका छन् । मंगलबार यातायात मजदूर संगठनका नेतृत्व तथा यातायात ब्यवसायीहरुले बुझाएको ज्ञापनपत्र पछि बोल्दै सिहंले लागु औषधले कैलाली कञ्चनपुरमा बिकराज रुप लिएका कारण यसको नियन्त्रणका लागी लागु औषध दुब्र्यवसनी बिरुद्ध महा अभियान चलाउने तयारी गरेको बताए ।
यातायात ब्यवसायी तथा मजदूर साथीहरुपनि हामीलाई सहयोग गर्नुहोस सिहंले भने “हामी बर्दी लगाएको प्रहरी हो तपाइहरु बिना बर्दीको, देशलाई जोगाउने, सभ्य समाजको निर्माण गर्ने तपाइहरुकोपनि दायित्व हो त्यस कारण यातायात क्षेत्रबाटपनि लागु औषध दुब्र्यवसनी नियन्त्रणमा सहयोग होस भन्ने मैले अपेक्षा राखेको छु ।”
सवारी साधनको यात्रा गरेरपनि धेरै लागु औषधको कारोबार हुने गरेको छ उनले भने “तपाइहरुलेपनि त्यसको निगरानी गरेर हामीलाई सुचना गरे धेरैनै नियन्त्रण गर्न सकिने थियो, अन्य क्षेत्रमा रहेका सबै ब्यक्तीहरुलाइपनि म लागु औषध नियन्त्रणमा सहयोग गर्न आग्रह गर्न चाहान्छु ।

