कैलाली। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि माघ २५ गते विश्वासको मत लिने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिनेरनदिने विषय केन्द्रीय तहमा टुङ्गो लगाउनका लागी नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता काठमाण्डौं गएका छन् ।
उनीहरू सातै जना धनगढीबाट काठमाण्डौंका विमानस्थलबाट सोझै डिल्लीबजार कारागार गएका छन्। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरेर आज साँझ धनगढी फर्किने नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । तर सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आफ्ना माग पुरा नभए उनीहरू नफर्किने उनले बताए । सुदूर पश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल र नागरिक उन्मुक्ति पार्टीका सांसदहरुबीच हिजो धनगढीमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि नागरिक उन्मुक्ति पार्टीका सांसदहरू काठमाण्डौं गएका हुन्।
सातै जना सांसदहरू नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेमा मुख्यमन्त्री रावल सशङ्कित भएका छन्। मुख्यमन्त्री रावलले विश्वासको मत लिन भोलि प्रदेश सभाको बैठक आह्वान गरिसकेका छन् । विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाइसकेको अवस्थामा नागरिक उन्मुक्तिका सांसदहरू काठमाण्डौं जाँदा मुख्यमन्त्री रावल विश्वासको मत पाउनेमा विश्वस्त हुन नसकेको स्रोतले बताएको छ। विश्वासको मत दिनु अघि नागरिक उन्मुक्ति पार्टीले राखेका मागहरू पुरा गर्न सक्ने अवस्था नरहेकोले सुदूर पश्चिम प्रदेश सरकारले विश्वासको मत पाउन सक्ने अवस्था न्यून रहेको एमालेकै नेताहरू बताएका छन्।तर नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका आफूले विश्वासको मत पाउनेमा विश्वस्त छन् ।
नागरिक उन्मुक्तिले स्पष्ट निर्णय नगरिसकेकाले धरमर देखिएको राजेन्द्रसिंह रावल नेतृत्वको सरकार पछिल्ला दिनमा उक्त पार्टीले ‘ग्रीन सिग्नल’ दिएका कारण आश्वस्त देखिएको हो ।‘सर्वोच्च अदालतले टीकापुर घटनाको विषयमा उहाँहरूकै अपेक्षाअनुसार प्रत्यर्थी झिकाउने आदेश भएपछि वातावरण सहज बनेको छ ’ एमाले प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले ‘उहाँहरूको माग सम्बोधन गर्न सरकार दृढ रहेको पुष्टि भइसकेको बताए । उनीहरूले विश्वासको मत दिनुहुने बताए ।उनीहरूले पावर शेयरिङमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।यहाँ अहिले एमालेबाट मुख्यमन्त्री राजेन्द्रसिंह रावल, एमालेकै सन्तोष शर्मा थापा र माओवादी खगराज भट्ट मन्त्री छन् । थापा र भट्टलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन।
गठबन्धनको निर्णायक घटक रहेको नागरिक उन्मुक्तिसँग पावर शेयरिङमा कुरा मिलेपछि दुई मन्त्रीलाई जिम्मेवारी दिने मुख्यमन्त्रीको योजना रहेको स्रोतको भनाई छ । केही दिनअघि काठमाडौंमा मुख्यमन्त्रीबाहेक अन्य ६ मन्त्रालयमा एमालेका २, माओवादीका २ र नागरिक उन्मुक्तिका २ जनालाई मन्त्री बनाउनेगरी एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नागरिक उन्मुक्तिका नेताको छलफल भएको थियो। राज्यमन्त्री पनि बराबर बाँड्ने गरी छलफल भएको स्रोतको दाबी छ । रेशम चौधरीको रिहाइ, माओवादी र नागरिक उन्मुक्तिले ३/३ मन्त्रालय (भौतिक पूर्वाधार, सामाजिक विकास र आन्तरिक मामिला सहित तीन वटा मन्त्रालय)दाबी गरेको छ । तर, दुवैलाई २/२ मन्त्रालय र नागरिक उन्मुक्तिलाई (नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितलाई) प्रदेश प्रमुखसमेत दिने गरी छलफल भएको थियो । संसदीय समितिमा पनि भागबन्डा गर्ने गरी छलफल भएको छ ।( सुदूर पश्चिम प्रदेश सभाका दुई वटा समितिको सभापति माग) काठमाडौंमा भएको छलफल लगभग सहमतिमा पुगेकाले भोलि रावल नेतृत्वको सरकारले विश्वासको मत पाउने गठबन्धनका नेताको दाबी छ ।पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा माओवादीका ११ (सभामुख सहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी दलले विश्वासको मत दिए मुख्यमन्त्री रावलले २८ मत पाउँछन् । (सभामुखले मत दिन नपाउँदा) २७ मत पाउँदा विश्वासको मत प्राप्त हुन्छ । नागरिक उन्मुक्ति पार्टी विश्वासको मत दिन लचक भएपनि अहिलेसम्म निर्णय भने गर्न सकेको छैन।


