काठमाडौँ। प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन्।
सांसदलाई पक्राउ परेका अवस्थामा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम १ बमोजिम सदनलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। हाल चौधरीलाई जिल्ला कारागार कैलालीमा राखिएको छ ।