काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन्। उनले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन्।
सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन्। उनले भने, “म र प्रधानमन्त्रीबीच भएको कुराकानी कसले भनेको छ “म उपनिर्वाचन नजितेसम्म कहीँ जान्न, भौतिक पूर्वाधार मन्त्रालय मैले मागेको छैन ।”

