धनगढी : कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा इलाइट कप फुटबल प्रतियोगिता शुरु भएको छ । इलाइट युथ क्लवको आयोजनामा शुक्रबारदेखी कैलारी गाउँपालिका ६ को बनकट्टा खेल मैदानमा प्रतियोगिता शुरु भएको हो ।
शुक्रबार एक कार्यक्रमबा बिच सुदूरपश्चिम प्रदेशका प्देश प्रमुख देवराज जोशीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जोशीले यस्ता गाउँमा प्रतियोगिताहरुले निरन्तरता पाउनुपर्नेमा जोड दिए । उनले आफ्नो तर्फबाट हुने सहयोगका लागी तयार रहेको समेत बताए ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य रमेश धामीले आफ्नो निर्वाचन क्षेत्रमा यति राम्रो प्रतियोगिता शर भएकोमा खुशी ब्यक्त गरे । यस क्षेत्रको बिकास संगै फुटवल प्रतियोगिताको निरन्तरताका लागी आफु सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक बहादूर सिहंले प्रतियोगिताको प्रथम पुरस्कार खेलकुद परिषदले ब्यहोर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, वडा नम्बर ६ का अध्यक्ष प्रेम चोधरी लगायत पार्टी प्रतिनिधी खेलप्रेमी तथा कलाकारहरुको उपस्थिती थियो । फुटवल प्रतियोगिताको बिजेताले ७५ र उप बिजेताले ३५ हजार नगद पुरस्कार पाउने क्लवका अध्यक्ष देवेन्द्र हमालले बताए ।
क्लवका सचिव बिजय चौधरीले यस प्रतियोगिताबाट जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत यहाँका खेलाडीको सहभागिता बढ्ने अपेक्षा लिएको बताए । साथै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट किपर, स्कोरर लाई नगद २ हजार पुरस्कार रहेको उनले बताए ।