काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार आफ्नो भएको बताएको छ।
आइतबार केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरु दलहरुको कुनै अधिकार नभएको दावी गरे ।‘समस्या जुान आएको थियो, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको समस्या हो । अन्य दलहरुमा आएको होइन, त्यसैले अन्य दलहरुले समस्याको रुपमा लिन जरुरी छैन’ उनले भने, ‘यो हाम्रो समस्या भएको कारणले र हामीले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारी हो । निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’
हाम्रो पार्टीमा एउटा समस्या आएको थियो, त्यो समस्याको समाधान भएको छैन। यो समस्या अन्य दललाई परेको समस्या होइन,’ उनले भने, ‘अहिले सरकारको विषयमा छलफल भएको छैन। तर, हामी सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा फेरि छलफल गर्नुपर्ने अवस्था छैन। गृह मन्त्रालय रास्वपाले पहिल्यै पाइसकेको अवस्था हो, फेरि दाबी गर्नुपर्ने कुरा छैन। हामीले नै कसलाई गृहमन्त्रालयको जिम्मेवारी दिने भनेर निर्णय लिने कुरा हो । त्यसमा हामी छलफल गरेर निर्णयमा पुग्छौँ ।’उनले लामिछानेको नागरिकता सम्बन्धी विवादमा अदालतले छिटो फैसला गर्यो भनेर विरोध गर्ने अवस्था नरहेको पनि बताए ।महामन्त्री ढकालका अनुसार अब पार्टी सभापति रवि लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने टुंगो लगाउनेछन्।‘ संविधानतः गैर सांसद व्यक्ति ६ महिनासम्मका लागि मन्त्री हुन पाउँछन् । योबीचमा हुने चितवन २ को उपनिर्वाचनमा उनले जितेर आउने अनुमान रास्वपाले गरेको छ। अर्कोतिर, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्ने तयारी गरेका छन्। यस विषयमा छलफल गर्न अहिले उनी सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा वार्तामा छन्।

