काठमाडौं। रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी दिएको छ।आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए।
रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो।रवि लामिछानेलाई सभापति चुन्न रास्वपाका आजै छोटो समयमा तीन बैठक बसे। पहिलो बैठकमा रविलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरि पारित गरिएको थियो । दोस्रो बैठकमा सभापति प्रस्ताव गरीएको थियो । तेस्रो बैठक रविको सभापतित्वमा चलिरहेको थियो ।

