धनगढी। सुदुरपश्चिम प्रदेशसभाका नवनिर्वाचित उपसभामुख कोईली देवी चौधरीले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेकी छिन्। सुदूरपश्चिम प्रदेशको उपसभामुख पदमा माघ ३ गते एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी थिईन्। उनले माघ ४ गते उपसभामुख चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन्।
उपसभामुख चौधरीले आज प्रेस विज्ञप्ती जारी गर्दै राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको बताएकी छिन्। उनले प्रेस विज्ञप्ती मार्फत उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल नेकपा एमाले पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गरेकी हुन्।

