धनगढी। कैलालीमा वन मुद्दामा फरार एक जना प्रतिवादी पक्राउ परेका छन्। हिजो मंगलबार ईलाका प्रहरी कार्यालय सुखडबाट खटि गएको प्रहरी टोलीले कैलाली जिल्ला अदालतबाट वन मुद्दामा ५१ हजार ८८ रुपैयाँ जरिवाना भई फरार रहेका एक जनालाई पक्राउ गरेको कैलाली प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ६३ बर्षिय काशिराम डगौरा थारुलाई लाई पक्राउ गरेको हो । प्रतिवादी थारुलाई निजकै घर बाट पक्राउगरी आवश्यक कारवाहीकोलागी कैलाली जिल्ला अदालतको पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिएका छन्।


