धनगढी। कैलालीमा भन्सार छलीको चिनी बरामद गरिएको छ। कैलालीको जानकी गाउँपालिका–४ कन्चनपुरबाट भन्सार छलीको ३ कट्टा चिनी कैलाली प्रहरीले बरामद गरेको हो।
से ६ प ३२८७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा चिनी र मोटरसाइकलसहित चालकलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस बारेमा थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले बताएको छ ।