धनगढी। कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा गम्भिर घाईते भएका २ मध्ये एक जनाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका १२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो। ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो। उनी सहचालक हुन्। दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका १० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा गम्भीर चोट लागेको छ। गोदावरीबाट ढुङ्गा ल्याउन जादै गरेको अवस्थामा अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।